६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


यस्तो छ, दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका


0
Shares

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन गर्ने निर्णय गर्दै आयोगलाई पत्र दिएपछि आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

नयाँ कार्यतालिकाअनुसार असार २ गते उम्मेदवारहरुको मनोनयन दर्ता गरिनेछ । ३ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ३ गते दिउँसो १ बजेदेखि ४ गते बिहान साढे ११ बजेसम्म मनोनयन जाँच गर्ने कार्यतालिका रहेको छ ।

असार ४ गते बिहान साढे ११ बजेदेखि १ बजेसम्म उम्मेदवारहरुको नामावली प्रकाशन, सोही दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले असार १४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको छ ।