
धनकुटाका रातो परिचय–पत्र प्राप्त भूकम्प प्रभावित किसानलाई ९० प्रतिशतसम्म अनुदानमा कृषि औजार तथा सामग्रीहरु वितरण गरिएको हो ।
कार्यालयले ४ लाख रुपैयाँ मूल्य बरावरका ६ वटा जमिन जोत्ने मिनी टिलर, १ लाख ७५ हजार बराबरका ५ वटा थ्रेसर मेसिन, १ लाख ७८ हजार ५ सय बराबरका १० वटा कर्ण सेलर मेसिन वितरण गरेको हो ।
त्यस्तै कार्यालयले १ लाख ९३ हजार ३ सय रुपैयाँ बरावरको १० थान थोपा सिंचाई सामाग्री, ५ लाख ८२ हजार बरावरको ४२ थान प्लाष्टिक पोखरीको सामग्री र ७ लाख मुल्य वरावरको २ हजार २ सय ४४ थान बिउबिजन भण्डारण ब्याग बितरण गरेको कार्यालयका प्राबिधिक सहायक राजिवकुमार पाख्रिनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्