२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमालेद्वारा चितवनमा विरोध कार्यक्रम, भरतपुर १० को चार किल्ला निषेधित क्षेत्र


0
Shares

एमालेले आइतबार पनि भरतपुरमा विरोध र्‍याली निकालेको छ । भरतपुरस्थित चौबीसकोठीबाट नारायणगढको पुल्चोकसम्म विरोध ¥याली निकालिएको हो । र्‍यालीपछि गरिएको कोणसभामा एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले निर्वाचन आयोगको निर्णय मान्य नहुने बताए ।

यसैबीच जिल्ला सुरक्षा समिति चितवनले भरतपुर महानगरपालिका वडा नम्बर १० को चार किल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षा समितिले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राख्दै अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको जनाएको हो ।

हुलदंगा, जुलुसलगायतका कार्यलाई कानुन बमोजिम व्यवस्थित गरी शान्ति सुरक्षा, अमन चयन कायम गर्न गराउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुर महानगरपालिका, अस्पताल, मतगणनास्थल रहेको कभर्डहल र प्रशासनिक कार्यालयहरु रहेकोे स्थानमा धर्ना, जुलुस, आमसभा, विरोध सभा, कोण सभालगायतका कार्य नगर्न आग्रह गर्दै गरिएको छ ।