२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राप्रपाले देउवालाई सघाउने, चारवटा मन्त्रालय पाउने आश्वासन


0
Shares

संसद भवन बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि कांग्रेस सभापति शरवहादुर देउवालाई समर्थन गर्ने वा नगर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद भएको थियो ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित पत्र पठाएर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

कांग्रेस सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४ वटा मन्त्रालय दिने आश्वासन दिएको राप्रपा निकट स्रोतको दावी छ ।

यसैबीच, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको फोरम संसदीय दलको बैठकले आफ्ना मागहरुप्रति शेरवहादुर देउवा सकारात्मक देखिएको भन्दै समर्थन गर्ने निर्णय गरेको हो ।