३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


लन्डन आक्रमणमा संलग्न रहेको आशंकामा १२ जना पक्राउ


0
Shares

पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् । घाइतेमध्ये ३६ जनाको उपचार भइरहेको छ । जसमा २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ ।

तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिँदै भ्यानमा आएका व्यक्तिले प्रहरी र सर्वसाधारणमाथि अन्धाधुन्द छुरा प्रहार गर्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि प्रहरीले गरेको कारवाहीमा आक्रमणकारी मारिएका हुन् ।

प्रहरीले ५० राउण्ड गोली चलाएको जनाएको छ । आक्रमणको विश्वस्तरबाट निन्दा भएको छ । (एजेन्सी)