कैलाली । धनगढी प्रिमियर लिग डिपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको तेस्रो संस्करणको ट्रफी सार्वजनिक भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी शनिबारदेखि हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल भने प्रभावित हुने देखिएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षाले गर्दा मैदानमा हिमाम्ये भएकाले विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स बीचको उद्घाटन खेल प्रभावित हुने देखिएको हो ।
प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागीता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्