२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर


0
Shares

चितवनको मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ८९ नं को सामान बोकेको ट्रक बिहान करिब ८ बजे दुर्घटना भएको हो ।

ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये ट्रक चालक पर्साका २८ वर्षीय विनोदकुमार शाहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको द्वार नजिकै ट्रक दुर्घटना भएको प्रहरीको भनाइ छ । (रासस)