
-ध्रुव भट्टराई/ईमेज
नेपालका धेरै प्रधानमन्त्री जन्माउने शहरमा विकासको गति भने अझै पनि सुस्त छ । २० बर्षपछि हुन लगेको स्थानीय चुनावपछि भने नगरवासीले विराटनगरको पहिचान फेरिने आशा लिएका छन ।
बिराटनगरभन्दा पछि बनेका शहरहरुमा बिकासको गति तीव्र रहँदा विराटनगर भने पछि परिरहेको छ ।
हिउंदको याममा धुलाम्मे र वर्षाको समयमा हिलाम्य हुने सडक संरचानका कारण नगरवासीमा हौरानी व्यहोर्न वाध्य छन ।
राजनीतिक, आर्थिक हिसावले महत्वपूर्ण मानिने विराटनगर महानगरपालिकाको उम्मेदवार सक्षम, विकासप्रेमी र अनुशासित हुर्नुपर्ने पक्षमा नगरवासी देखिएका छन ।
विराटनगरको बिकासको गति अहिले पनि कछुवाकै गतिमा छ । केही दिन अघि मात्र विराटनगरलाई सरकारले महानगरपालिकामा घोषण गरेको थियो ।
महानगरपालिका घोषणासंगै विराटनगरको आर्थिक, सामाजिक विकासमा लाग्ने मुख्य दलका सम्भावित उम्मेदवारहरुको साझा एजेन्डा रहेको छ ।
विराटनगरमा अहिले चुनावी माहोल ब्यापक बनेको छ । उम्मेदवारका आकांक्षीदेखि सर्वसाधारण मतदातासमेतलाई अहिले चुनाव लागेको छ ।
करिव ३ लाख जनसंख्या रहेको विराटनगर महानगरपालिकामा १ लाख १५ हजार मतदाता छन् ।
हाल १९ वडा रहेको विराटनगर महानगरपालिकामा मुख्यत स्थानीय तहको चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रवीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्