२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


देउवा निवासमा शुभेच्छुकहरुको भीड, देउवाले भनेः ‘सबैलाई मिलाएर लान्छु’(भिडियो)


0
Shares

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको बुढानीलकण्ठस्थित निवासमा बधाई दिनेको भीड लागेको हो ।

देउवालाई बधाई दिन पार्टीका कार्यकर्ता, शुभचिन्तक, भ्रातृ संगठनका प्रतिनिधि, उद्योगी–व्यापारी देउवा निवास पुगेका थिए ।

बधाई दिन पुगेको नेपाल प्रेस युनियनको टोलीसँग उनले आफूले सबैलाई मिलाएर अघि बढ्ने आश्वासन दिए ।

तोकिएकै मितिमा सबै तहका निर्वाचन सम्पन्न गर्ने र संविधान कार्यान्वयन गरेर मुलुकलाई निकास दिने उनको दृढता थियो ।

उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । देउवा निवासमा सरकारमा पठाउने मन्त्रीका बारेमा पनि कांग्रेस नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा देउवाका साथै उनी पक्षीय नेता बिमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायत सहभागी थिए ।