१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


फरार अभियुक्त १७ वर्षपछि पक्राउ


0
Shares

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मङ्गलबार नुवाकोट जिल्ला अदालतमा बुझाएको छ ।

साविकको घ्याङ्फेदी गाविस–८ का मख्खु भनिने छेवाङ् तामाङलाई २०५७ माघ १६ गते घ्याङ्फेदी– ३ मा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको तामाङलाई पुर्पक्षका लागि जिल्ला कारागारमा पठाइएको छ ।

मख्खुको हत्यामा संलग्न अर्का अभियुक्त दुप्चेश्वर गाँउपालिका–१ का हर्कबहादुर तामाङलाई २०७२ सालमा नै प्रहरीले पक्राउ गरेको थियो ।

कामी तामाङ र आफू मिलेर मख्खुको हत्या गरेको हर्कबहादुरले प्रहरीसमक्ष स्वीकारेका छन् । रासस