Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्री शेरबहादुर देउवाले लिए पद तथा गोपनीयताको शपथ


0
Shares

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनओटै सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगी–व्यवसायीलगायत समारोहमा उपस्थित थिए ।

शपथग्रहणपछि समारोहमा उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाइ दिएका थिए ।

प्रधानमन्त्री देउवाले बुधबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगी पदभारग्रहण पनि गरेका छन् । पदभारग्रहणकाक्रममा प्रधानमन्त्री देउवाले सदाचार नीतिमा हस्ताक्षर गरेका थिए ।

यसअघि, मंगलबार व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

देउवाको पक्षमा ३८८ सांसदले मत दिएका थिए भने विपक्षमा १७० मत परेको थियो ।

 

Skip This