Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


देउवाको निर्देशन–‘कांग्रेसलाई जिताउनुपर्छ, निर्वाचनमा लाग्नोस्’


0
Shares

नेपाल विद्यार्थी संघले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिए ।

उनले भने–‘निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ, तपाइँहरु निर्वाचनमा लाग्नुहोस् ।’

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला–जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताए ।

वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन र अरु निर्वाचनमा पार्टीभित्र हुने अन्तर्घात रोक्न युवा विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गरे ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै कांग्रेसलाई जिताउन नेविसंघले यस्तो कार्यक्रमको आयोजना गरेको बताए । रासस