१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


रुद्राक्ष खेतीमा किसान आकर्षित, एक मौसममा ४० लाखसम्म आम्दानी


0
Shares

हिन्दू धर्ममा महत्वपूर्ण मानिने रुद्राक्ष दाना गाउँमै बिक्री हुन थालेपछि सो गाउँका एक सय ३० परिवार यसको खेतीमा लागेका हुन् । गाउँका प्रत्येक परिवारले कम्तीमा एक सयदेखि दुई हजार वटासम्म रुद्राक्षका बिरुवा लगाएका छन् ।

उनीहरुले एक मौसममा दाना बिक्रीबाट प्रतिपरिवार ५० हजारदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अरु बालीभन्दा यस खेतीबाट राम्रो आम्दानी हुने स्थानीय नेत्र अधिकारीले जानकारी दिए ।

सो क्षेत्रमा उत्पादन भएको रुद्राक्ष धनकुटाको हिले हुँदै झापाका ब्यापारीमार्फत भारत निकासी हुने गरेको छ ।