७ असार २०८२, शनिबार | Sat Jun 21 2025


तेह्रथुममा निर्वाचनको सबै तयारी पुरा


0
Shares

पटक–पटक मिति सरेपछि जिल्ला निर्वाचन कार्यालयलाई तयारी गर्न समेत सहज भएको हो । मतदान केन्द्रमा गर्नुपर्ने बाहेक सबै तयारी पूरा गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए ।

जिल्लाका ६ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम भइरहेका छन् । मतदाता शिक्षा कार्यक्रमअन्तर्गत खटिएका कर्मचारीले दुई पटकसम्म घरदैलो सकाएका छन् ।

निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था, मतपत्र रुजु तथा कर्मचारी व्यवस्थापन, प्रचार प्रसारका काम अन्तिम चरणमा पुगेको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ स्थानमा ८५ मतदान केन्द्र छन् । कुल ६० हजार ७ सय २१ जना मतदाता रहेको जिल्लाबाट २ सय ४१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।