२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपा नेताहरुको अडान


0
Shares

शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा विरोधसभा गरी सो पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान दोहोर्‍याएका हुन् ।

विरोधसभालाई सम्बोधन गर्दै राजपाका नेता राजेन्द्र महतोले ‘मधेसमा चुनावको वातावरण बनिसक्यो भन्ने हल्ला निराधार’ भएको बताए ।

सरकारले चुनावको कुरा गर्ने तर अधिकारको कुरा नगर्ने गरेकाले कुनैपनि हालतमा तराईमा चुनाव हुन नसक्ने उनको भनाइ थियो ।

अर्का नेता राजकिशोर यादवले पनि संविधान संशोधन नभएसम्म कुनैपनि हालतमा चुनाव नहुने बताए ।

मधेसको माग सम्बोधन नभएसम्म सरकारले पनि चुनाव नगराउने दाबी गर्दै उनले जबर्जस्ती गरेमा देश मुठभेडमा जाने बताए ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारै व्यवस्थापिका–संसद बैठकमा दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन असम्भव रहेको बताएका थिए ।