Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु


0
Shares

दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत् ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कनेक्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

गणबाट बिदामा विदुर नगरपालिका–२ स्थित सहकर्मी रामलाल श्रेष्ठको घरमा बिहीबार आएका बानियाँ शुक्रबार कार्यालय फर्कनेक्रममा काफलडाँडामा भीरबाट लडेर ८० फिट तल पुग्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । रासस