पोखरा । पोखरामा जारी पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार हुनुपर्ने पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा रद्द भएको छ ।
बिहीबार हुनुपर्ने सशस्त्र प्रहरीको एपिएफ र जापानको रिस्सो विश्वविद्यालयबीचको खेल वर्षाले गर्दा शुक्रबारलाई सारिएको आयोजक जिल्ला फुटबल संघ कास्कीले जनाएको छ ।
शुक्रबार हुनुपर्ने मनाङ मस्र्याङ्दी क्लब र क्यामरुनी क्लब दाउफिन्सबीचको दोस्रो सेमिफाइनल भने शनिबार हुनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म नै वर्षा हुनसक्ने जनाइरहँदा शुक्रबारको खेल के हुन्छ भन्ने यकीन हुन सकेको छैन ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।








प्रतिक्रिया दिनुहोस्