Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


गायिका मीरा राणासहित करिव ३०० नेता-कार्यकर्ता राप्रपा(राष्ट्रवादी)मा प्रवेश


0
Shares

प्रवेश गर्नेमा राप्रपाका काठमाडौँ पूर्वसभापति श्याम घिमिरे, कार्यकर्ताहरु उदयजङ्गा राणा, उज्ज्वल पोखरेल, सरु बास्तोलालगायत छन् ।

कार्यक्रममा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रवादी चरित्र भएका शक्तिको एकता खाँचो रहेको औंल्याउँदै विभिन्न जाति तथा समुदायले भरिएको देशमा राजसंस्था राष्ट्रिय एकताको प्रतीक हुनसक्ने विचार व्यक्त गरे ।

उनले ठूला दलले गर्ने भागबण्डाका कारण भ्रष्टाचार र द्वन्द्व मौलाउँदै गएको भनी चिन्ता व्यक्त गरे ।

पार्टीका उपाध्यक्ष विष्णु भट्टराई र तारानाथ लुइँटेलले देशमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्न सकिएमा अहिले देखा परेको राजनीतिक अन्योलताको अन्त्य हुने विश्वास व्यक्त गरे।

केन्द्रीय सदस्य राणाले राप्रपाले लिएको सिद्धान्तका कारण जनताले विश्वास गरेको भए पनि जनतालाई सो पार्टीले धोका दिएकाले आफूहरु नयाँ पार्टीमा आएको बताइन्। रासस

Skip This