७ असार २०८२, शनिबार | Sun Jun 22 2025


मतदाता फकाउन उम्मेदवारहरु खेतबारीसम्मै (भिडियो रिपोर्ट)


0
Shares

चाँडै मनसुन सुरु भएपछि किसानहरु खेतीपातीमा व्यस्त भएपनि लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनलाई सफल बनाउन मतदाता पनि उत्साहित देखिएका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिकाका सार्वजनिकस्थलहरुमा विभिन्न राजनीतिक दलका झन्डाले झकिझकाउ भएका छन् ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र उम्मेदवारहरु चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रचार–प्रसारमा सक्रिय भएर लागेका छन् । मतदाताहरुलाई फकाउन उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् ।

किसानहरु खेती–किसानीमै व्यस्त भएपनि उनीहरुलाई फकाउन उम्मेदवारहरु खेतबारीमैसम्म पुग्ने गरेका छन् ।

डडेल्धुरामा विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले प्रचारलाई तीव्रता दिएका छन् ।

उम्मेदवारहरु बाजागाजासहित घरदैलोमा पुग्न थालेपछि निर्वाचनको माहोल बन्दै गएको नेपाली कांग्रेसका नेता भीमबहादुर साउदले बताए ।

उम्मेदवारहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न मतदाताहरुलाई विभिन्न आश्वासन दिइरहेका छन् ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्रीले पार्टीको चुनावी एजेन्डा बुझाउँदै प्रचार–प्रसारलाई तीव्रता दिइएको बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नहोस्) ।