
काठमाडौं, असार १९ । सिडिएससी एन्ड क्लियरिङ लिमिटेडले ‘मेरो सेयर’ नामक मोबाइल एप अवैधानिक भएको भन्दै लगानीकर्तालाई प्रयोग नगर्न सचेत गरेको छ ।
सिडिएससी आफैंले तयार पारेको मेरो सेयरको सफ्टवेयरलाई अरु नै कसैले अनधिकृतरुपमा मोबाइल एप बनाएको उसले जनाएको छ । यस्तो एप प्रयोग नगर्न सिडिएससीले लगानीकर्तालाई आग्रह गरेको हो ।
प्लेस्टोरमा ‘लिटिल डी बिजनेस’को नामबाट ‘मेरो सेयर’को नाम राखी अवैधानिकरुपमा प्रयोग गरेको भन्दै सिडिएसीले उक्त एप तत्काल बन्द गराउनका लागि आवश्यक कदम चालिसकेको पनि जनाएको छ ।
लगानीकर्ताले यस्तो एप डाउनलोड गरेर आफ्नो हितग्राही खाता राख्दा लगानीकर्ताको सुरक्षामा प्रभावपर्ने भन्दै लगानीकर्तालाई प्रयोग नगर्न सिडिएससीले सचेत गराएको छ ।
सिडिएससी आफैंले आधिकारिकरुपमा एप ल्याउने तयारी गरेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्