२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मधेसमा निर्बाचनको उत्साहः आन्दोलन भन्दा चुनावी अभियानमा दौडधुप (भिडियो)


0
Shares

-प्रकाश लम्साल/ईमेज

पटका पटकको आन्दोलनबाट दिक्क बनेका मधेसी जनता बिकास र अधिकारका लागि निर्बाचन भन्दै उत्साहीत बन्न थालेका हुन् ।

एकातिर राष्ट्रिय जनता पार्टीलगायत केही मधेसी दलहरु निर्वाचन सार्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् भने मधेसी जनताहरु चुनावमा भोट हाल्न आतुर देखिन्छन् ।

मधेस आन्दोलनमा मधेसी जनताको उपस्थिती पातलिन थाले पछि मधेशबादी दलको आन्दोलन समेत प्रभावित बन्न पुगेको हो ।

मधेशकै ब्यबसायीहरु समेत स्थानीय सरकारका प्रतीनिधीहरु चयन भए पछि बिकास निर्माणका कार्यले गती लिने कुरामा ढुक्क देखिन थालेका छन ।

घरका काम समेत थाती राखेर मधेसी जनताहरु चुनाबी सभाहरुमा उपस्थिती बढाउन थालेका छन् ।

अन्न उब्जाउने मध्य समयमा निर्बाचनको मिती तोके पछि सरकार संग चित दुखाएका मधेशी जनताले स्थानीय सरकार निर्माण हुने भएका कारण बिरोध भने गरेका छैनन ।

मधेशकै केहि बिमती राख्ने राजनैतीक दलका सिमीत कार्यकर्ता बाहेक अधिकांश जनताले निर्बाचन चाहेको प्रष्ट बताउन थालेका छन ।

स्थानीय सरकार अनि अधिकार ब्यापक बनेकै कारण राज्य पुर्नसंरचनामा पटक पटक गाउंहरु यता उता हुंदा समेत बिरोध नगरी मौन बसेका मधेसी जनताले निर्बाचन अब सार्न नहुने समेत बताउन थालेका छन ।

देशका अन्य निकायमा स्थानीय सरकार गठन भै काम गर्न थालेको बुझन थाले पछि मधेसी जनताले आफनै सरकार गर्न हौसिएका हुन ।

राजनीतिक दलहरुले घरदैलो थाली सकेपछि केहि मधेसबादी दलहरुले समेत स्थानीय उम्मेदबार चयन थालेका छन ।

प्राय सबै राजनैतीक दलले स्थानीय उम्मेदबारहरु मधेश मुलकै चयन गरेकै कारण मधेशी जनतानै आआफनो उम्मेदबारको सर्मथक बनेर सहभागीता जनाएका छन ।

पछिल्लो समय निर्बाचनको माहौल जिल्लाभर बन्दै जादा आन्दोलनमा रहेका मधेसबादी दलका आकांक्षीहरु समेत अन्य पार्टीमा उम्मेदबार बन्न आकांक्षा देखाउन थालेका छन् ।

निर्बाचन आयोगले सम्पुर्ण तयारी पुरा भएको जनाउदै जिल्लामा सुरक्षा निकायले समेत आफनो गतिबिधी तिब्र बनाएको छ ।