२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


काँग्रेसका उम्मेदवार कनोडियाको गाडीमा ढुंगा प्रहार, जनकपुरमा तीनवटा गाडीमा तोडफोड


0
Shares

कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बेला बिहान गाडीमा ढुंगा हानिएको हो । गाडीको सिसा फुटेको छ ।

ढुंगा प्रहार गर्ने राजपा कार्यकर्ता ललितकुमार रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सार्वजनिक यातायात र बजारमा राजपाद्धारा घोषित बन्दको खासै प्रभाव छैन । यता, जनकपुरमा पनि राजपाका कार्यकर्ताले सबारी साधनमाथि तोडफोड गरेका छन् ।

जनकपुरको मुझेलियामा दुई वटा पिकअप भ्यान र सीताचोकमा एउटा ट्याक्टरमाथि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।