
राजधानीमा आज गरिएको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले लोकतान्त्रिक ढंगले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरुलाई आग्रह गरेका हुन् ।
उनले आगामी असार १४ गते हुने निर्वाचन चुनौतीपूर्ण हुनसक्ने भन्दै निर्वाचनलाई शान्तिपूर्ण बनाउने कार्यमा सहयोग गर्न आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले सरकारको निरन्तरको प्रयासका बाबजुद पनि निर्वाचनका लागि राजनीतिक वातावरण बन्न नसकेको बताए ।
उनले चुनाव विथोल्न खोज्ने शक्तिहरुलाई पनि शान्तिपूर्ण राजनीति आएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।
आगामी चुनावका लागि आयोगले सबै तयारी पुरा गरेको भन्दै उनले अब स्थानीय तहको संख्या बढाउने मागको सन्दर्भिकता नै सकिएको र संख्या बढाएमा आयोगले निर्वाचन गर्न नसक्ने स्पष्ट पारे ।
हालै मात्र तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर फर्किएका प्रमुख निर्वाचन आयुक्त डा. यादवले जनता तथा मतदाता चुनावको समर्थनमा रहेको दाबी गरे ।
उनले आचारसंहिता अनुगमनका लागि सहसचिवस्तरीय टोली खटाइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्