
उनीहरुले मंगलबार सदरमुकाम परासीस्थित सांसद खनालको सम्पर्क कार्यालय र क्षेत्रीय समितिको कार्यालयमा तोडफोड गरेका हुन् ।
स्थानीय तह निर्वाचनको विरोधमा मंगलबार आह्वान गरिएको बन्दकाक्रममा सवारी–साधन तोडफोड र उच्छृंखल गतिविधि बढाएको भन्दै प्रहरीले १५ जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई एक घन्टापछि छाडिएलगत्तै तोडफोड गरिएको हो ।
यसैबीच, नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले कार्यालयमा भएको तोडफोडको निन्दा गरेको छ ।
कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेल मंगलबार विज्ञप्ति निकाल्दै पार्टी कार्यालय र सम्पर्क कार्यालयहरुमा तोडफोड गर्दैमा समस्या समाधान नहुने भन्दै राजपाका जिल्ला नेता एंव कार्यकर्ताहरुलाई आन्दोलनकाक्रममा संयमित हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्