७ असार २०८२, शनिबार | Sat Jun 21 2025


निर्वाचन सामग्री जिल्ला–जिल्लामा, पर्याप्त सुरक्षा व्यवस्था (भिडियो रिपोर्ट)


0
Shares

जिल्ला पुर्‍याइएका निर्वाचन सामग्रीको सुरक्षाका लागि पर्याप्त सुरक्षा व्यवस्थासमेत मिलाइएको पनि जनाइएको छ ।

सरकारले चारओटा प्रदेशमा आउँदो असार १४ गते स्थानीय तह चुनाव गर्ने तयारी गरेअनुसार निर्वाचन सामग्री पठाउन थालिएको हो भने निर्वाचन सामग्रीहरु अपुग भए छिट्टै पुर्‍याउने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

कर्मचारी तथा सुरक्षाकर्मीहरुसमेत मतदान केन्द्रमा पुगिसकेको जनाइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र, मतदाता नामावली, मतदाता परिचयपत्र, मतपेटिकालगायत सामग्री जिल्ला पुगिसकेको जानकारी दिए ।

त्यसो त निर्वाचन आयोगले अधिकांश जिल्लाहरुमा पहिलो चरणको निर्वाचनअगाडि नै अधिकांश निर्वाचन सामग्री पुर्‍याइसकेको थियो ।

निर्वाचनप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी र विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिले निर्वाचन सामग्रीको सुरक्षामा चुनौती पनि रहेको छ ।

आयोगले भने मतदान केन्द्रमा पुगेका निर्वाचन सामग्रीहरुको सुरक्षाका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ ।

मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बहिस्कार गरेपनि निर्वाचन आयोगले भने आफ्नो काम जारी राखेको छ ।

राजनीतिक मागहरुलाई राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने भन्दै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै दल विशेषको असहमतिले निर्वाचन प्रभावित नहुने बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्