
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले सकारात्मक रहेर १५ सय ८५ कायम भएर थामियो । उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे ।
होटल, जलविद्युत् र बीमा समूह दोहोरो अंकले सुधारिए भने अरु समूह सामान्य अंकले सकारात्मक रहे । कारोबार भने यसदिन पनि आधा अर्ब बराबरमै खुम्चियो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको ९ लाख १८ हजार कित्ता सेयर ४९ करोड रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्