२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तराई बन्दले जनजीवन प्रभावित, राजपाका कार्यकर्ताद्वारा बिहानैदेखि प्रदर्शन


0
Shares

बन्द सफल बनाउन भन्दै राजपाका कार्यकर्ताले बिहानैदेखि विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन् ।

कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्ला बन्दले पूर्ण प्रभावित भएका छन् ।

बन्दका कारण व्यापारिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था ठप्प भएका छन् ।

बारा र रौतहटमा भने बन्दको आंशिक प्रभाव परेको छ । रौतटको गौरमा बन्दको प्रभाव परे पनि अन्य क्षेत्रमा सामान्य प्रभाव परेको बताइएको छ ।