२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित, नदीको अस्तित्व खतरामा


0
Shares

तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा कालीगण्डकीको वहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको हो ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर, रसायनयुक्त पानी र अनियन्त्रित रुपमा ढल मिसाउने गरिएका कारण कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित हुँदा पर्यावरणीय दृष्टिले यो नदीको अस्तित्व नै खतरामा पर्दै जान थालेको हो ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बाग्लुङ, पर्वतको कुस्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रसस्तै जैविक तथा औद्योगिक फोहोर मिसिने गरेको छ ।

सरोकारवालाहरुले प्राकृतिक परिवर्तन र मानवजन्य प्रदूषण रोक्न राज्यको ध्यानाकर्षण गराएका छन् ।