२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजपाले अडान छोडेन, चुनाव सार्ने प्रस्तावमा प्रमुख तीन दल असहमत


0
Shares

बुधबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठकमा राजपाले आफ्नो अडान नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

स्थानीय तहको संख्या बढाउने निर्णय अदालतले रोकेको र संविधान संशोधन निर्वाचनअघि हुने अवस्था नभएको भन्दै सत्तारुढ दलहरुले राजपालाई निवाचनमा सहभागी हुन आग्रह गरेका थिए ।

तर, राजपाका नेताहरुले आफूहरु संविधान संशोधन नभइ चुनावमा नजाने अडान दोहोर्‍याएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू असार १४ मै निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएको जनाइएको छ ।

राजपा निर्वाचनमा आउन तयार भए मनोनयन केही दिन पर सार्ने सकिने संकेत प्रमुख दलहरुले गरेका थिए ।

बिहीबार बिहान निर्वाचन आयोगसँग परामर्श गरेर फेरि राजपाका नेताहरुसँग छलफल गर्ने जनाइएको छ ।