७ असार २०८२, शनिबार | Sun Jun 22 2025


कन्चनपुरका मतदाता भन्छन्-‘उम्मेदवारको आचरण बुझेर भोट हाल्छौं’


0
Shares

-डिल्लीराज पन्त/ईमेज

उम्मेद्वारहरु आफ्नो पक्षमा मत माग्दै घरदैलो अभियानमा व्यस्त छन् । कन्चनपुरमा चुनावी चहलपहल बढेको छ ।

असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन् ।

जिल्लामा रहेका काँग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति नेपाललगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्दै घरदैलो अभियानमा जुटेका छन् ।

नेपाली कांग्रेस, एमाले ,माओवादी केन्द्र ,राष्ट्रिय प्रजातन्त्र पार्टि लगायत अधिकांस साना ठुला दलहरुले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यको टुङ्गो लगाइसकेका छन् ।

सबै राजनीतिक दलहरु आफ्नो पक्षमा चुनावी परिणाम पार्ने दाउका साथ चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

पार्टीका एजेण्डा लिएर आफुलाई जिताउन आग्रह गर्दै जनता माझ गइरहेको एमालेका तर्फबाट भिमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्वार सुरेन्द्र बहादुर विष्ट वताउँछन् ।

विष्ट जस्तै विभिन्न पदमा उम्मेदवारी दिएका विभिन्न दलका उमेदवारले पनि आफनो पार्टीका एजेण्डा लिएर घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढीरहेको बताएका छन् ।

यस निर्वाचनमा पार्टीलाई नभएर ब्यक्ति र उसको आचरण हेरेर भोट दिने मतदाता बताउंछन् ।

निर्वाचनको मिति नजिकिदै जाँदा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले समेत आफ्नो तयारी तिव्र पारेको छ ।

सार्वजनिक विदाका दिनमा पनि निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनलाई मध्य नजर गर्दै तयारी तिव्र पारेको जिल्ला निर्वाचन अधिकृत केशव सिंह भण्डारीले बताए ।

निर्बाचनलाई मध्यनजर गरि जिल्लामा शान्ति सुरक्षाको अबस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल बताउँछन् ।

दुई लाख, ३५ हजार, ७ सय ३५ मतदाता रहेको कञ्चनपुरमा सबैभन्दा बढि भीमदत्त नगरपालिकामा ५५ हजार, ८ सय ३१ र सबैभन्दा कम लालझाँडी गाउँपालिकामा १० हजार, ८ सय ३६ मतदाता रहेका छन् ।

कञ्चनपुरमा १ सय ३२ मतदान स्थल निर्धारण गरिएका छन् । जसका लागी १ हजार भन्दा बढि कर्मचारी खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।