
मृत्यु हुनेमा बैतडी, शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिपचालक कैलाली, अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।
यस्तै, घाइते हुनेहरुमा जिपका साहु कैलाली, गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी, मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट्ट रहेका छन् । घाइतेको स्थानीय शर्माली स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
बैतडीको तल्लोस्वराडको सुल्लेखानबाट कुस्मतघाटतर्फ गइरहेको से१च ११५८ नम्बरको जिप बिहीबार बिहान ११ बजे शिवनाथ–२ को बस्कोटी भन्ने ठाउँमा दुर्घटनामा परेको त्यहाँबाट स्थानीय वीरेन्द्र महताले जानकारी दिए ।
जिपको अगाडिको बायाँसाइडको चक्का निस्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
जिप सडकबाट २० मिटर तल खोलामा खसेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्