
निर्वाचन आयोगले बिहीबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सन्चारमाध्यमहरुले पनि आचारसंहिता पालना गर्न नसकेको बताए ।
निर्वाचन आचारसंहिता अनुगमन केन्द्रीय समितिका अध्यक्षसमेत रहेका आयुक्त शाहले ‘सन्चारमाध्यमहरुले आचारसंहिताभित्रै बसेर समाचार दिनुपर्छ’–भने ।
आयोगले आचारसंहिता पालनाको निगरानी गर्न नसकेको स्वीकार गर्दै उनले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा निगरानी बढाउने बताए ।
कार्यक्रममा निर्वाचन आयोगका सहसचिव सुशील कोइरालाले निर्वाचनलाई स्वच्छ, पारदर्शी र सफल बनाउन सन्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्