२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नवराज सिलवालको मुद्दामा असार १५ मा सुनुवाइ हुने


0
Shares

                                                                                  फाइल फोटो
गत जेठ १८ गते हेर्दाहेर्दैमा बिहीबार हुने तय भएपनि पुनः सरेर असार १५ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा सुनुवाइ सुरु भइ बहस बाँकी भएको हुँदा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेपछि वरीयताक्रममा आफू पहिलो नम्बरमा भएकोे जिकिर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै नवराज सिलवालले रिट निवेदन दायर गरेका थिए । रासस