
सरकारको अनुरोधमा आयोगले तीनओटा प्रदेशको निर्वाचनको मनोनयनपत्र दर्ता यही असार ४ गतेका लागि सारेको हो ।
यसअघि, दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता असार २ गते गर्ने कार्यतालिका रहेको थियो ।
नयाँ कार्यतालिकाअनुसार असार ४ गते मनोनयन दर्ता र ६ गते उम्मेदवारलाई चुनाव चिह्न वितरण गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन आयोगले सरकारको आग्रहमा दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका दुई दिन पर सारेपनि कार्यतालिका सार्नुको कारण भने स्पस्ट पारेको छैन ।
प्रतिक्रिया दिनुहोस्