
मोरङमा रहेका ३०० मतदानस्थलहरु मध्ये १४४ मतदानस्थल संवेदनशील र ८१ मतदानस्थल सामान्य रहेको जनाइएको छ ।
निर्वाचनलक्षित सुरक्षा व्यवस्थालाई मजबुत् बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको निमित प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए ।
निमिति प्रमुख जिल्ला अधिकारी पौडेलले निर्वाचन बहिस्कार गर्ने पार्टी, निर्वाचनविरोधी गतिविधि गर्ने समूह र खुल्ला सीमाका कारण हुनसक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गीकरण गरिएको बताए ।
मोरङमा ५ लाख १४ हजार ६ सय १८ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्