
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार पनि तोलामा १ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५६ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्