
जिल्ला निर्वाचन कार्यालयसहित निर्वाचन आयोगबाट आएका प्रतिनिधीहरुको रोहवरमा जिल्लाको बगनास गाउँपालिकाको वडा नंं १ चिरतुङधारामा नमुना मतदान गरिएको हो ।
१ सय १९ मतदाता रहेको जिल्लामा ५९ पुरुष र २० महिला गरी ७९ जनाले मात्र मतदान गरेका थिए । खसेको मतमा १० प्रतिशत मत बदर भएको थियो ।
असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतपत्र बदरलाई कम गर्ने उदेश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्