Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


दोस्रो चरणको चुनावका लागि आज उम्मेदवार मनोनयन दर्ता गरिदैं


0
Shares

प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मनोनयन दर्ता भइरहेको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तय गरेको छ ।

उम्मेदवारी दर्ताका लागि सम्बन्धित निर्वाचन कार्यालयमा अहिले उम्मेदवारहरु पुगिरहेका छन् ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु बाजागाजा र जुलुससहित निर्वाचन कार्यालयहरुमा पुगिरहेका छन् ।

आयोगले उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका काममा कसैले पनि अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने जनाएको छ ।

सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा १४ गते हुने दोस्रो चरणको चुनावबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

देशभर ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदातालाई मताधिकार छ । दोस्रो चरणको चुनावका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जनाएको छ ।