
रुपन्देहीको समरीमाई गाउँपालिकामा राजपाका नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
गाउँपालिकाको अध्यक्ष पदमा राजपाका नेता अशोक शुक्ला र उपाध्यक्षमा कमाल उद्दिन शेखले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकाका सात वडामा पनि उनीहरुको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको रुपन्देहीका निर्वाचन अधिकृतले जनाएका छन् ।
शुक्ला र सेख राजपा नेता सर्वेन्द्रनाथ शुक्ला निकट हुन् ।
कपिलवस्तुमा पनि तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका नेता रामदास गुप्ता तथा बासुदेव कसौधन लगायत राजपामा आवद्ध नेताले कपिलबस्तुमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र रुपमा मेयर पदमा उम्मेद्वारी दर्ता गर्न कपिलबस्तु नगरपालिकामा पुगेका गुप्ताले पत्रकारसमक्ष वर्तमान राजपाको आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिए ।
मधेसी जनताले चुनाव चाहेकाले उनीहरुको चाहना पुरा गर्नका लागि उम्मेदवारी दिएको उनको भनाइ छ । पाँच पटक नगरप्रमुख भई जिम्मेवारी पुरा गरेकाले पनि अहिले पनि मेयरमा जित्ने आधार रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्