८ असार २०८२, आइतबार | Sun Jun 22 2025


विराटनगरमा यस्ता छन् उम्मेदवारका एजेण्डा (भिडियो)


0
Shares

पूर्वाञ्चलको केन्द्रको रुपमा रहेको विराटनगर महानगरपालिकामा पनि उत्तिकै उत्साहका साथ मनोनयन दर्ता भएको छ ।

मोरङमा एक महानगरपालिकासहित ८ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तह छन् । चुनावी दौडमा रहेका विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले आ–आफ्ना चुनावी एजेण्डा अघि सारेका छन् ।

विराटनगर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वार भिम पराजुलीले विराटनगर महागरपालिकाको भौतिक पूर्वाधार, आर्थिक र विराटनगरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने बताए ।

यस्तै एमालेका तर्फबाट मेयरका उम्मेदवार विनोद ढकालले विराटनगरलाई प्रदेशको राजधानी बनाउन जोड दिने र महानगरमा रहेका विद्यमान समस्या समाधान मुख्य एजेण्डा भएको बताए ।

विराटनगर महानगरपालिकामा नेकपा एमाले र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच तालमेल भएको छ । विराटनगरमा एमालेले मेयरमा र फोरमले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

यस्तै, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले पनि महानगरसहित अन्य ४ स्थानीय तहमा चुनावी तालमेल गरेका छन् । तालमेलको सहमति अनुसार महानगरपालिकाको प्रमुखमा दुई दलको संयुक्त मेयरका उम्मेदवार उमेश यादवले मेयरमा उम्मेदवारी दिएका छन । मेयरका उम्मेदवार उमेश यादवले विराटनगर महानगरपालिकालाई नेपालकै उदाहरणीय नगरपालिका निर्माणको एजेण्डा अघि सारेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्