सत्ता घटकहरुबीच स्वभाविक तालमेल भएपनि सत्ता पक्ष र प्रतिपक्ष दलहरुबीच पनि तालमेल हुने अवस्थाले निर्वाचन रोचक बनेको हो ।
मोरङको विराटनगर महानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको छ । माओवादी सत्तासाझेदार प्रमुख घटक हो भने संघीय समाजवादी फोरमले सरकारलाई समर्थन गरेता पनि सत्ता साझेदारको रुपमा भने छैन ।
विराटनगरमा संघीय समाजवादीले माओवादी केन्द्रको समेत समर्थनमा मेयरमा उमेश यादवलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपानेलाई संघीय समाजवादीले समर्थन गरेको छ ।
विराटनगरमै नेकपा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको छ । एमालेले मेयर र फोरम लोकतान्त्रिकले उपमेयर लिने सहमती भएको छ ।
विराटनगरमा नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएको छ । विराटनगरमा अन्य दलहरु र विशेष गरी मूख्य प्रतिश्पर्धी मानिएको एमालेले फोरमसँग तालमेल गरेकाले कांग्रेसलाई दबाब परेको आँकलन गरिएको छ ।
मधेसलाई केन्द्रमा राखेर राजनीति गर्ने दल र ठुला दलबीच भएको चुनावी तालमेलले सहमती र सहकार्यको संस्कार सुरु गरेको विश्लेषक डा.राजेश अहिराज बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्




प्रतिक्रिया दिनुहोस्