८ असार २०८२, आइतबार | Sun Jun 22 2025


मनोनयनपत्र दर्तासँगै चुनावी माहोल तात्यो, मंगलबार अन्तिम नामावली प्रकाशन


0
Shares

मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् ।

आयोगले असार १४ गते निर्वाचन हुने ३ सय ३४ स्थानीय तहमा आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज(सोमबार) दाबी विरोध गर्ने कार्यक्रम राखेको छ ।

आयोगले दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तय गरेको छ ।

यसबीचमा उम्मेदवारको योग्यतामाथि प्रश्न चिह्न खडा भए दाबीविरोध गर्न सकिने आयोगले जनाएको छ ।

यसैगरी आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले भोली(मंगलबार) बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र भोली नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

आयोगले भोली नै उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत वितरण गर्ने भएको छ ।

यसअघि असार १४ गते हुने प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

तीन वटा प्रदेशमा पर्ने एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिका र २ सय १५ वटा गाउँपालिकाका लागि हिजो मनोनयन दर्ता गरिएको हो ।

यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।