
तेह्रथुमका दुईओटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईकाअनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई गाउँपालिकामा ३७ पदका लागि १३१, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १०० र छथर गाउँपालिकामा ३२ पदका लागि १३२ जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रमुख/अध्यक्ष पदमा म्याङलुङ नगरपालिकामा ९, लालीगुराँस नगरपालिकामा सात, मेन्छ्यायेम गाउँपालिकामा चार, फेदाप गाउँपालिकामा पाँच, आठराई गाउँपालिकामा छ तथा छथर गाउँपालिकामा ११ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुख/उपाध्यक्षमा म्याङलुङ नगरपालिकामा ६, मेन्छ्यायेम नगरपालिकामा चार, फेदाप र लालीगुराँस गाउँपालिकामा चार/चार, आठराईमा पाँच तथा छथरमा ६ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, ४३ जना निर्वाचित हुने वडाध्यक्षका लागि १६९, महिला सदस्य पदका लागि १३४, दलित महिला सदस्यमा ११७ र ८६ खुला सदस्यमा २९३ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१४ ओटा दल दर्ता भएकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक फोरमलेमात्र उम्मेदवारी दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्