८ असार २०८२, आइतबार | Sun Jun 22 2025


तेह्रथुम–पौठाकमा कांग्रेसकी दलित महिला सदस्य शंकर निर्विरोध निर्वाचित


0
Shares

सोमबार दिनभरका लागि छुट्याइएको दाबी–विरोधको अवधिमा कसैमाथि पनि दाबी–विरोध नआएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले जानकारी दिए ।

म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ जना र लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।

यसैबीच, मेन्छ्यायेम गाउँपालिका–१ पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शंकर निर्विरोध निर्वाचित भएकी छन् ।

सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी–विरोध पनि नपरेकाले शंकर निर्विरोध निर्वाचित भएकी हुन् ।