
सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालन हुनुपर्ने भएकाले सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने जनाउँदै आयोगले ती जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा मतदान सञ्चालन गर्ने सन्दर्भमा दोस्रो चरणमा निर्वाचन हुने ३ सय ३४ स्थानीय तहका अधिकांश मतदान केन्द्र शैक्षिक संस्थामा तोकिएको हुँदा ती जिल्लामा असार ११ देखि १४ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि आयोगले गरेको छ ।
आयोगले सार्वजनिक, संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा मतगणना सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्