Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


वेष्टह्याम युनाईटेडले लिभरपुललाई रोक्यो बराबरीमा


0
Shares

काठमाडौं, माघ २२ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाईटेडले लिभरपुललाई बराबरीमा रोकेको छ ।

गएराति लण्डनस्थित वेष्टह्यामको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २२ औं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिए । तर यसको ६ मिनेटपछि वेष्टह्यामका मिचेल एन्टोनियोले बराबरी गोल गरे ।

खेल १–१ गोलको बराबरीमा टुंग्याउदै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

प्रिमियर लिग फुटबलमा २५ खेलबाट ६२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ५७ अंकका साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ ।

चौथो स्थानको चेल्सीको ५० अंक रहँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौ तथा ४७ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।