काठमाडौं । क्यामरुनको डाफिन्स फुटबल परिवार पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको बी टिमलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै डाफिन्सले अन्तिम चारमा ठाउँ सुरक्षित गरेको हो ।
यानिकले दुई गोल गरेको खेलमा आर्मीका विवेक बस्नेतले सान्त्वना गोल फर्काएका थिए ।
यसअघि थ्रीस्टार क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ् टिम सेमिफाइनलमा पुगिसकेको छ ।
तेस्रो क्वार्टरफाइनल खेलमा मंगलबार नेपाल पुलिस क्लबले रिस्सो युनिभर्सिटीसंग खेल्नेछ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले सात लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।








प्रतिक्रिया दिनुहोस्