Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


ऐतिहासिक क्रिकेट श्रृंखला जितेको नेपाली टोली स्वदेश फर्कियो(भिडियो)


0
Shares

काठमाडौं । एक दिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्केको छ ।

अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम अवतरण गरेको टोलीलाई भब्य स्वागत गरिएको छ ।

विजेता टोलीलाई रातो कार्पेटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् राखेपका पदाधिकारी लगायतले स्वागत गर्नुभएको छ । सयौंको संख्यामा खेलकर्मी पनि नेपाली टोलीलाई स्वागत गर्न विमानस्थल पुगे ।

नेपालले युएईविरुद्ध उसकै मैदानमा पहिलो पटक एक दिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको हो ।

नेपाल दुवै फ्म्र्याटमा २/१ ले विजयी भयो । नेपालले यसअघि कुनै पनि श्रृंखला जितेको थिएन ।

यो जितसंगै नेपाल एक दिवसीय र ट्वेन्टी ट्वेन्टीको वरियतामा पनि सामेल भएको छ ।

नेपाल एक दिवसीयको १५ औं र ट्वेन्टी ट्वेन्टीको १४ औं स्थानमा छ ।