काठमाडौं । युएईविरुद्धको एक दिवसिय तथा ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जित्दा नेपालका केही खेलाडीहरुले विश्व किर्तीमान राखेका छन् ।
केहीले भने राष्ट्रिय किर्तीमान सुधारेका छन् । व्यक्तिगत प्रदर्शन र उपलब्धीको हिसाबले युईए भ्रमण नेपाली खेलाडीहरुका उत्साहजनक रहेको बताइएको छ ।
युएईविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरे ।
एक दिवसीय अन्तराष्ट्रियमा शतक हान्ने पारस पहिलो खेलाडी बनेका छन् । एक दिवसीयमा दुई अर्धशतक हान्ने पहिलो खेलाडी पनि पारस नैं हुन् । नेदरल्याण्ड्स विरुद्धको पहिलो श्रृंखलामा उनले अर्धशतक बनाएका थिए ।
नेपालका रोहित कुमार पौडेल एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी बने ।
युएई विरुद्धको दोस्रो एक दिवसीय खेलमा ५५ रन बनाउँदा रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन थियो । एक दिवसीय क्रिकेटमा यो किर्तीमान यसअघि पाकिस्तानका साहिद अफ्रिदीको नाममा थियो ।
एक दिवसीय खेलमा ५ विकेट लिने सोमापल कामी नेपालका पहिलो खेलाडी बने ।
यसअघि नेदरल्याण्ड्सविरुद्धको खेलमा पारस खड्काले ४ विकेट लिएका थिए । युईविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले १ सय ४५ रनको जित दर्ता गर्यो ।
एक दिवसीय क्रिकेटमा नेपालको लागि यो अहिलेसम्मकै ठूलो अन्तरको जित हो ।
एक दिवसीय क्रिकेट श्रृंखला जितेसँगै नेपाल पहिलो पटक आईसीसीको वरियतामा प्रवेश गर्यो ।
एक दिवसीय क्रिकेट जस्तै ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पनि नेपालका खेलाडीहरुले केही किर्तीमान बनायो ।
सन्दिप जोराले ट्वेन्टी ट्वेन्टी डेब्यु खेलमै अर्धसतक प्रहार गरे । उनले १७ वर्ष १ सय ३ दिनको उमेरमा ५३ रन जोडे ।
उनी यो ढाँचाको क्रिकेटमा शर्धसतक बनाउने विश्वकै कान्छा खेलाडी बन्न सफल भए । यसअघि यो किर्तीमान, क्यानाडाका हिरल पटेलको नाममा ।
एक दिवसीय र टि–ट्वेन्टी दुबै श्रृंखलामा नेपालका खेलाडीहरु उत्कृष्ट बने । एक दिवसीयमा पारस खड्का म्यान अफ द सिरिज बन्दा ट्वेन्टी ट्वेन्टीमा युवा खेलाडी अभिनास बोहोरा म्यान अफ द सिरिज चुनिए ।
यसैगरी एक दिवसीयतर्फ सोमपाल कामी र ट्वेन्टी ट्वेन्टीमा करण केसी एक एक वटा खेलमा म्यान अफ द म्याच बन्न सफल भए ।
युएई भ्रमणले नेपाली क्रिकेटमा केही नयाँ आशा देखाएको छ । नेपालको परम्परागत ब्याटिङ शैलीमा निकै सुधार देखिएको छ ।
बलिङको सामथ्र्य पनि अझ निखारिएको छ । नेपाली टोलीलाई किर्तीपुरमा देखिने समर्थन, खाडीको मैदानसम्म पनि विस्तार भएको छ ।
सन् २०१० मा डिभिजन ५ जिते यता नेपाली क्रिकेटको सफलता श्रृंखला टुटेको छैन ।
गत मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौट प्रतियोगिता पछि एक दिवसीय अन्तराष्ट्रियको मान्यता पाएको नेपालले एक वर्षभन्दा कम समयमै श्रृंखला जितेर आफ्नो सामथ्र्य र संभावना प्रमाणित गरेको छ ।
घरेलु क्रिकेटको विवाद समाधान र आईसीसीको सहयोगलाई सही ठाँउमा लगाउन सके नेपाली क्रिकेट टोलीले एक दिवसिय विश्वकप र टेष्ट क्रिकेटमा प्रवेश पाउन खासै धेरै कुर्न नपर्ला ।








प्रतिक्रिया दिनुहोस्