
आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गर्न रोकेपनि अटेर गर्दै दलहरुले बालबालिका प्रयोग गरिरहेका हुन् । दलहरुले र्याली, घरदैलो, आमसभा र भेला बैठकहरुमा बालबालिकाको प्रयोग गरिहेका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष कृष्ण सुवेदीले चुनावी गतिविधिमा बालबालिका प्रयोग गरिएकामा आपत्ति जनाए ।
सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि र बाल अधिकारकर्मीले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिएकामा सरोकारवालाको ध्यानाकर्षण गराए ।
जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न सम्बन्धित सबै दललाई पत्राचार गरिएको र निरन्तर अनुगमन भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्